अमेजनमा सामान अर्डर गर्दा रोबोटले गर्न थाल्यो डेलिभरी
सुरुवातमा ती आपूर्ति रोबोटहरु दिनको समयमा मात्र सञ्चालित हुनेछन् र सुरुवातमा अमेजनका कर्मचारी पनि रोबोटको सहयोगमा खटिनेछन् । रोचक त के भने यी रोबोट ट्रकहरु मूल सडकबाट नभै सडकपेटीबाट गुड्नेछन् ।
अमेजनका उपाध्यक्ष सिन स्कटका अनुसार स्काउट रोबोट ट्रकहरु अमेजनको सिएटलस्थित अनुसन्धान तथा विकास ल्याबमा तयार गरिएको हो । यो रोबोटले सडक पेटीमा गुडिरहँदा बाटोमा रहेका मानिस, कुकुरहरु तथा अन्य चिजवस्तुलाई समेत राम्रोसँग पहिचान गर्नसक्दछ र दुर्घटनाको सम्भावना रहेको छैन ।
एउटा विज्ञापनिक भिडियोमा अमेजनको स्काउट रोबोटले ग्राहकको घरसम्म सामान पूर्याएको र सामानको क्रेता घरबाहिर निस्किएलगत्तै रोबोटको ढोका स्वचालित रुपमा खुल्ने र क्रेताले आफ्नो सामान आफै निकाल्न सक्ने देखिएको छ ।
यद्यपि रोबोटको उक्त डेलिभरी प्रक्रिया कसरी हुन्छ भन्ने कुराको विस्तृत विवरण दिइएको छैन । साथै यदि ग्राहक उक्त समयमा घरमा नभएमा सामान लिएर गएकेा रोबोटले के गर्छ ? भन्ने कुरा पनि बताइएको छैन ।
यद्यपि स्काउट मात्र एउटा रोबोट होइन जसले बजारमा सामानहरुको आपूर्ति गर्दछ । रोबोट कम्पनी स्टारर्ससीप टेक्नोलोजिजले हालै दुई दर्जन यस्ता स्वचालित रोबोटहरु उत्पादन गरेको छ जसले भर्जिनियास्थित कलेजका विद्यार्थीलाई कफी र पिज्जा डेलिभरी गर्दछ ।
जर्ज म्यासन विश्वविद्यालयका क्याम्पस हातामा एपमार्फत अर्डर गरिसकेपछि रोबोटले सामान डेलिभर गर्दछ ।
त्यस्तै सन फ्रान्सिस्कोमा यसअघि नै विभिन्न प्रविधि कम्पनीहरुले डेलिभरी रोबोट बनाएर प्रयोगमा ल्याइरहेका छन् । यद्यपि यस्ता स्वचालित रोबोटहरु बाटोमा गुडिरहँदा आउने सुरक्षा चुनौतिको बारेमा आलोचना पनि भैरहेको छ । बीबीसी
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment