pokhara news

जनकवि धर्मराज थापा र धर्मकुन्ज

कृष्ण अन्जान ज्ञवाली
वाटुलेचौर कास्की
पोखराको वाटुलेचौर भन्ने वित्तीकै जनकवि केशरी धर्मराज थापाको नाम जोडिन्छ । यो त्यहि ठाउ र त्यहि घरहोें जहां जनताको वोली वोल्ने कवि धर्मराज थापाको वि.स १९८१ साउन १ गते जन्म भएको थियो ।
जनकवि केशरी धर्मराज थापा नेपाली लोक साहित्य र लोक संगितमा आफुलाइ समाहित गर्दै नेपाली मौलिक लोक साहित्यलाइ गाउंवाट शहर सम्म झार्ने अजेय श्रष्ठा मानिन्छन ।उनी लोकगित तथा काव्यगीत दुवै सृजना र संकलन गर्ने संगै ति गीतहरुहलाइ आफ्ना सुमधुर गलामा कलापुर्ण ढंगले पस्कने खुवि पन राख्ने जनकलाकार भएको वाटुलेचौरका गुरुदत्त भट्टराइको  भनाइ छ ।
पहिलो पटक धुरु धुरु नरोउ ,तिम्रो आंसु पुछेरै छोडौला भन्ने गित वाट आफुलाइ लोक साहित्य लोक गाएन क्षेत्रमा प्रवेश गराएको जनकवि केशरि धर्मराज थापा २०७१ असोज २८ मा मृत्यु वरण गरे तर उनि अन्तिम सम्म लोक साहित्यका क्षेत्रमा कृयाशिल थिए ।यतिवेला धर्मराज थापाको लोक साहित्य र उनका पुराना याद हरुलाइ पोखरा महानगर पालिकका वडा नं १६ वाटुलेचौरमा रहेको धर्मराज थापाको धर्मकुन्जमा संग्रहित गर्ने प्रयास गरिएको घर्मराजका छोरा कुञ्जराज थापाले वताए ।
पोखरा आउने लोक साहित्यका पारखि हरुका लागि कम्तीमा पनि धर्मराज थापाको पुख्र्यौलि घर सम्म पुर्याउने , अनुसन्धान र अवलोकनको थलोको रुपमा वाटुले चौरको धर्मकुन्ज लाइ वनाउने धर्मराज थापाका परिवारको उद्धेस्य छ ।करिव सात रोपनि क्षेत्रफल भित्र रहेको जनकवि धर्मराज थापाको पुरानो घर अझै पनि छ र त्यहां भित्र धर्मराज थापाको सम्झना हरु संग्रहित छन । 
श्रष्टा धर्मराज थापा राज्यले दिनुपर्ने र पाउनु पर्ने सवै सम्मान र पुरस्कार सहि समयमै पाएका श्रष्टा मध्ये पर्दछन तैपनि उनको अवसान पछि उनी संग संम्वन्धीत सामाग्रीहरु लाइ संग्रहित गर्ने प्रयासमा राज्यको ध्यान पुग्नु आवस्यक देखिन्छ ।सवैको प्रयासले वाटुले चौर र उनको धर्मकुन्ज नेपाली लोक साहित्यमा लागेका हरुका लागि एउटा दर्शनिय स्थल सक्छ ।


 

8 प्रतिक्रिया

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर