प्रधानमन्त्री केपी शर्मा ओलीको साहित्यबारे प्रवचन
प्रधानमन्त्री केपी शर्मा ओलीले सनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिनुभएको छ । चिकित्सक डाक्टर अरुण सायमिले लेखेको मेरो जीवन कथाको विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिनुभएको हो । सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रसंम्सा गर्दै मुलुकको समग्र राजनीतीक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले सनिबार आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रीत गर्नुभयो । उहाँले साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “साहित्यमा एउटा सानो विषयलाई कसरी प्रस्तुत गरिन्छ । त्यहाँ पसिसकेपछि, किताबको छेउमा पस्नुपर्छ, त्यसपछि त्यो किताब कस्तो छ भन्ने कुरा समय मान्छेलाई अभाव हुन्छ । त्यो विस्र्यो कि विर्सेन? महत्वपुर्णकामहरु हुन्छ नि त्यो विस्र्यो कि विर्सेन ? थकाई लाग्या हुन्छ, त्यो विस्र्यो कि विर्सेन?, निन्द्रा लाग्या हुन्छ त्यो विस्र्यो कि विर्सेन?, भोक लागेको हुन्छ त्यो विस्र्यो कि विर्सेन? थुप्रै कामहरुको चाङ लाग्या हुन्छ त्यो विस्र्यो कि विर्सेन?, सबै कुरा छोडेर त्यसैमा लाग्यो भने त्यो असाधारण हो । त्यसले छुट्निै दिएन त्यहाबाटा समातेको समातेई यस्तरी गर्छ कि त्यो पहिले म संग पारित गर्छ अनि मात्रै छुटकारा पाउछस् । त्यसको जादु त्यही हो ।”
उहाँले साहित्यमा विना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताउनुभयो । सायमिको आत्मकथा मेरो जीवन कथामा केही त्यस्ता प्रसंग पनि भएको टिप्पणी उहाँले गर्नुभयो । मेरो जीवन कथामा आएका कतिपय पात्रले लेखक सायमिलाई बास्तवमै आफ्नै कथा लेख्नका लागि बाधा पुर्याएको टिप्पणी पनि उहाँले गर्नुभयो । पेशाले चिकित्सक डाक्टर सायमिले गीतिलेखन, कविता, उपन्यास तथा समसायिक विषयमा कलम चलाउदै आउनुभएको छ । उहाँको पछिल्लो कृतिको रुपमा आएको मेरो जीवन कथा आत्मकथालाई गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको हो । २ सय ५२ पृष्ठको मेरो जीवन कथा भित्र डाक्टर सायमिको बाल्यकाल देखि स्कुल, शिक्षा, राजैतिक यात्रा,राजनीतिक व्यक्तित्वसंगको भेटघाट, संगत तथा २०६२ ÷६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रंसग समेटिएका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment