विना दर्ता सञ्चालन हुँदै कुश्माका दुई निजी अस्पताल, मानव स्वाथ्यमा चरम लापरवाही
विना दर्ता सञ्चालन हुँदै कुश्माका दुई निजी अस्पताल मानव स्वाथ्यमा चरम लापरवाही
स्थानीय तह कार्यान्वयन भएपछि सञ्चालनमा आएका व्यवसाय नियमित दर्ता गराउनु पर्ने प्रावधान सबै निकायले अगाडि सार्दैै आएका छन । यस अघि पनि नेपाल घरेलु विकास समिति तथा विषयगत निकायले व्यवसाय दर्ता गर्ने प्रचलन रहँदै आएको हो । पर्वतको कुश्मा सदरमुकाममा भने दर्ता विना नै अस्पताल सञ्चालनमा रहेको पाइएको छ । वर्ष दिन अघि सञ्चालनमा आएको शान्ति दिप अस्पताल र डेड वर्ष अघि देखि सेवा दिँदै आएको कुश्मा अस्पताल नै दर्ता नभएको पाईएको हो । स साना व्यवसाय दर्ता गराएर कर अशुल गरिएको नगर पालिकाले जिल्लाको मुख्य स्वास्थ्यको जिम्मा सम्हाली रहेका अस्पताल नै दर्ताको दायरमा ल्याउन नसकेको पाईको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर मानव स्वास्थ्य जाँच गरिरहेका अस्पतालहरुको आवश्यक नियमन नगर्दा सर्वसाधारणको स्वास्थ्यमा खेलवाड हुँदै आएको छ । दर्ता गर्ने निकाय आँफु भएको भएपनि नियमन गर्ने निकाय अरु नै रहका कारण समस्या हुने गरेको कुश्मा नगर पालिकाले जनाएको छ । कुश्मा नगर पालिकाका स्वाथ्य प्रमुख उमाकान्त सापकोटाले अनुमती लिनको लागि मापदण्ड र डकुमेन्ट नपुगेका कारण दर्ता रोकिएको बताउनु भयो । अन्य व्यवसायमा जोड दिने गरेको पर्वत उद्योग वाणिज्य संघले समेत मानव स्वाथ्य जाँच गर्ने अस्पताललाई मापदण्डमा ल्याउन चासो देखाएको छैन । जिल्ला अस्पतालका शाखा अधिकृत पोषनाथ शर्माका अनुसार मापदण्ड नपुगेका कारण अनुमती दिन नसकिएको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment