सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप, सर्वाधिक इन्टर्नल स्टोरेज भएको स्मार्टफोन ल्याउँदै
दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ ।
योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् ।
उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात् ११.५ मिलिमिटर गुणा १३ मिलिमिटरको हुनेछ । यसको क्षमता यसअघिको अधिकतम क्षमतायुक्त ५१२ जीबीको चिपभन्दा दोब्बर हुनेछ ।
यो चिप भएको मोबाइलमा प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा फोर के युएचडी फम्र्याटको १० मिनेट लामो २ सय ६० वटासम्म भिडियो स्टोर गर्न सक्नेछन् । अहिलेको ६४ जीबी इन्टर्नल स्टोरेज भएको मोबाइलमा यस्तो खालका केवल १३ वटासम्म मात्र भिडियो अटाउँछन् ।
सामसुङका अनुसार यस नयाँ चिपको माध्यमबाट प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा पनि नोटबुककै जस्तो अनुभव गर्न सक्नेछन् भने ठूलो साइजका मल्टिमिडिया सामाग्रीहरु आफ्नो स्मार्टफोनमा लामो समयसम्म संग्रहित गर्न पाउनेछन् ।
समाचार अनुसार आगामी २० फेब्रुअरीमा बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा सामसुङले आफ्नो नयाँ फ्लागसिप स्मार्टफोन ग्यालेक्सी १० सार्वजनिक गर्दैछ । सोही स्मार्टफोनमा १२ जिबीको र्यामका साथमा सोही १ टीवी चिपयुक्त इन्टर्नल स्टोरेज उपलब्ध गराउने अनुमान गरिएको छ । यदि यसो भएमा सामसुङको ग्यालेक्सी १० विश्वमै पहिलो स्मार्टफोन हुनेछ, जसको इन्टर्नल स्टोरज अहिलेसम्मके धेरै अर्थात् १ टेराबाइट हुनेछ ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



1 प्रतिक्रिया
gcZusGmG
2024-01-08 17:46:22
<a href=http://prilig.mom>buying priligy online</a> An unusual cause of cortical hyperostosis in infants